सरकारको सार्वजनिक ऋण एक वर्षमा ६७ अर्बले बढेको छ। अर्थमन्त्रालले सार्वजनिक गरेको चालु वर्षको आर्थिक सर्वेक्षण २०७९/८० ले सरकारको कुल सार्वजनिक ऋण बढेर २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको हो उल्लेख गरेको हो।
२०७९ फागुनसम्म आन्तरिक ऋण १० खर्ब १० अर्ब २८ करोड र बाह्य ऋण १० खर्ब ६९ अर्ब ७८ करोड पुगेको थियो। जस अनुसार सरकारको कुल सार्वजनिक ऋण दायित्व २० खर्ब ८० अर्बमा पुगेको हो।
अघिल्लो वर्ष असारसम्म यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ थियो। जसमा आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड हुँदा बाह्य ऋण भने १० खर्ब २५ अर्ब ८४ करोड रुपैयाँ थियो।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष ऋण दायित्वमात्रै ६७ अर्ब रुपैयाँले बढेको हो।
एक वर्षमा सरकारले आन्तरिक भन्दा बढि विदेशी ऋण उठाउँदा त्यसको दबाब सार्वजनिक ऋणमा पर्न पुगेको हो।
२०७९ फागुनसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक र विदेशी ऋणको अनुपात क्रमश ४८.६ प्रतिश र ५१.४ प्रतिशतमा पुगेको हो।
सावाँ बापत ८० अर्ब रुपैयाँ चुक्ता
६७ अर्बले ऋण बढाएको सरकारले चालु आर्थिक वर्षमा ८० अर्बले ऋणको साँवा चुक्ता गरेको छ। सर्वेक्षणमा २०७९/८० को फागुनसम्म ८० अर्ब ९९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको हो। जसमा सरकारले ६२ अर्ब १७ करोड रुपौयाँ आन्तरिक तर्फ ऋण चुक्ता गरेको छ भने बाह्य तर्फ १८ अर्ब ८२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ४२ अर्ब ९१ करोड २३ लाख रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको थियो।
यस्तै, सरकारले कुल २० खर्ब ८० अर्ब ऋणको ब्याज बापत ४० अर्ब ६८ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो। जसमा आन्तरिक ऋण तर्फको ब्याजमा ३५ अर्ब ३५ करोड र बाह्यतर्फ ५ अर्ब ३३ करोड रुपैयाँ ब्याज भुक्तान गरेको हो।
गत वर्ष भुक्तान गरेको यस्तो रकम २३ अर्ब ५५ करोड रुपैयाँ थियो।
Shares
प्रतिक्रिया