संघीय संसद भवनको ६१.० प्रतिशत निर्माण सम्पन्न भएको छ। सरकारको आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा राम्रो प्रगति प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवासको ९१ प्रतिशत भएको हो।
भैसेपाटीमा मन्त्री आवासको ९० प्रतिशत निर्माण भएको छ भने प्रधानमन्त्री आवासको निर्माण काम सकिएको छ।
त्यसैगरी, मन्त्री निवास (दोस्रो चरणको) ३७ प्रतिशत र चण्डी दल भवनको ५८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।
२०७९ फागुनसम्म ललितपुरको गोदावरीमा ३,००० र रूपन्देहीको बुटवलमा १,००२ सय व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन्।
यसैगरी, विभिन्न जिल्लामा १८ सभाहल निर्माणाधीन रहेका छन्।
27
Shares
प्रतिक्रिया