ad ad

कारोबार


१९औं एशियाली र दशौं राष्ट्रिय खेलकुदका खेलाडीलाई प्रशिक्षण दिन बजेट व्यवस्थापन हुने

१९औं एशियाली र दशौं राष्ट्रिय खेलकुदका खेलाडीलाई प्रशिक्षण दिन बजेट व्यवस्थापन हुने

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:३२, काठमाडौँ

१९औं एशियाली खेलकुद र दशौं राष्ट्रिय खेलकुद लागि खेलाडीलाई प्रशिक्षण दिन बजेट व्यवस्थापन गरिने अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन्। 

संसदमा सोमबार आगामी आर्थिक वर्षको बजेट भाषणमा युवा तथा खेलकुदका लागि छुट्टाइएको बजेट घोषणा नगरेपनि कार्यक्रकको बारेमा भने जानकारी दिएका हुन्। 

नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल क्रिकेट संघ (क्यान) लगायतका विभिन्न खेल संघको क्षमता विकास गरि खेलकुद प्रतियोगिता गर्न प्रोत्साहित गरिनेछ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिनेछ। 

सार्वजनिक निजि साझेदारीमा खेलकुदका पुर्वाधार निमार्ण गरिने काम गर्ने। खेलकुदका माध्यमबाट युवा जनशक्ती उत्पादन गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .