सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झन्डै दोब्बरले बढाएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्।
चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको थियो। यस मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए।
21
Shares
प्रतिक्रिया