आगामाी आर्थिक वर्षको लागि सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी वर्ष शत प्रतिशत जनसंख्यामा बिजुली पुर्याउने बताइएको छ। आयितत उर्जा घटाउने लगायतका कार्यक्रम संचालन हुने भएको छ।
रसुवागढी, मध्य भोटेकोशी लगायतका ९ सय मेगावाट विद्युत् थप गर्ने भएको छ। त्यस्तै तल्लो अरुण सेती लगायतको आयोजना निर्माण सुरु गर्ने बताएको छ।
४ सय केभि क्षमताका प्रसारण लाईनहरुका निर्माण कार्य तिब्रता दिने भएको छ।
महाकाली सिंचाई आयोजना तिब्र गतिमा अघि बढाउने आयोजना ल्याएको छ। भेरी बबई आयोजनाको पावरहास निर्माण गर्ने र बर्दिया लगायतका क्षेत्रमा १२ महिना सिंचाई सुविधा पुर्याउने बताएको छ।
कर्णाली सिंचाई योजना संचालन गर्ने समेत बताइएको छ।
त्यस्तै, ठूला संचाई आयोजनाको ममर्तको लागि समयमा बजेट व्यवस्था हुने छ। १८ हजार हेकटर जग्गा भन्दा बढी क्षेत्रम थप सिंचाई सुविधा पुर्याउने छ।
Shares
प्रतिक्रिया