सरकारले १०० देखी २०० किलोवाटका विद्युतीय गाडीमा अन्तशुल्क घटाएको छ। हाल ३० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा २० प्रतिशत लाग्ने भएको हो।
अघिल्लो वर्ष सरकारले १०० किलोवाटमाथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको थियो। सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क पुर्याएको थियो। सरकारले १० प्रतिशत घटाएको छ।
बाँकी विद्युतीय गाडीमा भने कर यथावत राखेको छ। २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जिप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क रहेको छ। यसअघि अन्तःशुल्कमा पूर्ण छुट दिएको थियो।
त्यस्तै हाइब्रिड गाडीको अन्तशुल्क बढेको छ। हाल डिजेल÷पेट्रोल इन्जिनका गाडीमा ४५ प्रतिशत लाग्दै आएकोमा अब ६० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ।
279
Shares
प्रतिक्रिया