सरकारले रक्सी र चुरोटमा कर बढाएको छ। कर बढेसँगै रक्सी र चुरोटको मूल्य बढ्ने भएको छ।
बजेटमा समावेश आर्थिक विधयेकले चुरोटमा ७ रुपैयाँ अन्त:शुल्क कर वृद्धि गरेको छ। प्रशोधित चुरोट तथा बिडी आयातमा प्रतिकिलो ३ सय ४३ रहेको अन्त:शुल्क करलाई ३ सय ५० कायम गरिएको हो।
खैनी, जर्दा, गुड्खामा पनि कर हेरफेर गरिएको छ।
यसअघि भन्सार शुल्क ८० रुपैयाँ प्रतिकेजी रहेकोमा त्यसलाई ५० रुपैयाँमा झारिएको हो। खैनी, जर्दा, गुड्खा प्रतिकेजीमा ८ सय २१ रुपैयाँ रहेको अन्त:शुल्क कर भने बढाएर ८ सय ५० रुपैयाँ पुर्याइएको छ।
समग्रमा कर हेरफेर गरे पनि मूल्य भने अहिलेकै अनुपातमा रहने छ।
यसैगरी बियर र ह्विस्कीजस्ता अल्कोहलजन्य पदार्थमा प्रतिलिटर ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म कर बढाइएको छ। अल्कोहलरहित बियरमा अन्त:शुल्क प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढाएको छ। चालु आर्थिक वर्षमा प्रतिलिटर ३० रुपैयाँ रहेको अन्त:शुल्क ५ रुपैयाँले बढाएर ३५ रुपैयाँ पुर्याइएको छ ।
जौबाट बनेको बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्त:शुल्क बढेको छ। चालु आवको जौबाट बनेको बियर २२८ रुपैयाँ रहेकोमा ७ रुपैयाँ बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ। ईएनए (एक्स्ट्रा न्यूट्रल अल्कोहल) प्रतिलिटर ४ रुपैयाँले बढेर ९० रुपैयाँ पुर्याइएको छ।
डिनेचर्ड स्प्रिट (८० देखि ९९ प्रतिशतसम्मको अल्कोहल)मा प्रतिलिटर ५ रुपैयाँ बढाएर ३५ रुपैयाँ पुर्याइएको छ।
वाइन वा ब्राण्डीको कच्चा प्रदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका मापद द्रवहरू (स्प्रिट) प्रतिलिटर ७ रूपैयाँले अन्त:शुल्क बढाएर प्रतिलिटर २३५ रुपैयाँ पुर्याइएको छ ।
१५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल) मूल्य एक हजार ७५० बाट बढाएर १ हजार ८१५ युपी शक्तिको (४८.५ प्रतिशत) तयारी अल्कोहल २ हजार ५९ बाट २ हजार १२० र २५ युपी शक्तिको (४८.५ प्रतिशत अल्कोहल) १ हजार ३०६ बाट १ हजार ३४५ रुपैयाँ पुर्याइएको छ। साथै तयारी मूल्य १ हजार ७४१ बाट १ हजार ७९० रूपैयाँ निर्धारण गरिएको छ।
ह्विस्कीको मूल्य ५० रूपैयाँसम्म वृद्धि गरिएको छ।
बढेको कर २०८० जेठ १५ गते राति १२ बजेदेखि लागू हुनेछ।
Shares
प्रतिक्रिया