अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारसँगग तलब नै खुवाउने पैसा छैन भन्ने कुरा उडन्ते रहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. महतले सो आग्रह गरेका हुन्।
‘तलब नै छैन भनेर यो कसले भन्यो भनेर यो उडन्ते कुराको पछाडि यहाँहरु त कमसेकम लाग्नुभएन नि!’ सञ्चारकर्मीसँग डा. महतले भने।
उनले तलब, भत्ता र सामाजिक सुरक्षाका कुराहरुमा गरिएका कमिटमेन्टहरू पूरा गरिने दाबी गरे।
‘हामीले तलब, भत्ता, पेन्सन जे जे कमिटमेन्ट हो त्यो पूरा गरिरहेका छौं, भविष्यमा पनि केही समस्या आउने छैन। सामाजिक सुरक्षा हामीले कमिटमेन्ट गरेका छौं, त्यसबाट ब्याक गर्ने कुरा छैन। त्यसलाई जसरी पनि रिसोर्स जुटाएर गर्छौं,’ उनले भने।
33
Shares
प्रतिक्रिया