एनएमबी बैंक लिमिटेडले महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित बैंकको शाखामा भएको लुटपाटबारे अनुसन्धान भइहेको जनाएको छ।
मंगलबार अपरानह करिब १२ः२५ को समयमा ३–४ जनाको समूहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तिहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएको थियो।
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि हाल बैंकद्वारा सम्बन्धित निकायमा अनुरोध भैसकेको बैंकले जनाएको छ।
सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भै रहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको बैंकले मंगलबार प्रकाशित गरेको विज्ञप्तिमा भनेको छ।
अनुसन्धान पश्चात प्राप्त हुने थप विवरणको जानकारी पछि गराइने पनि विज्ञप्तिमा उल्लेख छ।
36
Shares
प्रतिक्रिया