ad ad

कारोबार


भारतले बुझायो रक्सौल-काठमाडौं रेलमार्ग फाइनल लोकेशन सर्भेको फाइल

भारतले बुझायो रक्सौल-काठमाडौं रेलमार्ग फाइनल लोकेशन सर्भेको फाइल

नेपालखबर
जेठ १८, २०८० बिहिबार १७:११, काठमाडौँ

भारतले रक्सौला-काठमाडौं रेलमार्गको फाइनल लोकेशन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा बिहीबार भारतीय पक्षले उक्त फाइनल लोकेशन सर्भे रिपोर्ट नेपाललाई बुझाएको हो। 

भारतीय विदेश सचिव विनयमोहन क्वात्राका अनुसार दिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तापछि उक्त रिपोर्ट नेपाललाई बुझाइएको हो।

रक्सौल-काठमाडौं रेलमार्ग भारतको अनुदानमा बनाउने गरी समझदारी भएको छ। रक्सौल-काठमाडौं रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। 

यसअघि २०७६ मै यो रेलमार्गका लागि प्रारम्भिक अध्ययन भएको थियो। यो रेलमार्गका लागि २०७८ असोज २२ मा नेपाल र भारतबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। 

त्यसबेला फिल्ड सर्भे र रिपोर्ट तयार गर्न १८ महिनाको समय दिइएको थियो। त्यही बेलाको समझदारी अनुसार फाइनल लोकेशन सर्भे रिपोर्ट बिहीबार भारतले नेपाललाई बुझाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .