ad ad

कारोबार


घोराही सिमेन्टद्वारा सर्वसाधारणका लागि सेयर बिक्री खोल्ने तयारी

घोराही सिमेन्टद्वारा सर्वसाधारणका लागि सेयर बिक्री खोल्ने तयारी

नेपालखबर
जेठ १९, २०८० शुक्रबार १३:१३, काठमाडौँ

घोराही सिमेन्ट इन्डष्ट्रिजले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्ने तयारी गरेको छ।

कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

घोराही सिमेन्टले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो।

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने जनाएको छ। जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो।

त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो।

यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .