घोराही सिमेन्टले जेठ ३२ गतेबाट सर्वसाधारणलाई प्राथमिन निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले प्रिमियम थप गरी आईपीओ जारी गर्न लागेको हो। प्रति कित्ता आईपीओको मूल्य ४३५ रुपैयाँ छ।
उक्त आईपीओ खरिदका लागि छिटोमा असार ४ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन मिल्छ।
यसअघि कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारहरुलाई आईपीओ बिक्री गरिसकेको छ। स्थानीयले ४०० रुपैयाँ र श्रमिकले ४३५ रुपैयाँका दरले आवेदन दिएका थिए।
स्थानीय र श्रमिकले आवेदन नदिएको कित्ता पनि संलग्न गरि कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गर्दैछ। न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन पेस गर्न मिल्छ।
15
Shares
प्रतिक्रिया