ad ad

कारोबार


चीनमाथि लगाएको मुद्रा अवमूल्यनको आरोप अमेरिकाद्वारा फिर्ता

चीनमाथि लगाएको मुद्रा अवमूल्यनको आरोप अमेरिकाद्वारा फिर्ता

नेपालखबर
पुस २९, २०७६ मंगलबार ७:४३,

अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र भनी लगाएको आरोप फिर्ता लिएको हो।

चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो।

गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो।

यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।

अमेरिका र चीनले सम्झौतामा यसै हप्ता हस्ताक्षर गर्ने सम्भावना छ। सन् २०१८ देखि सीमा शुल्कलगायतका विषयमा एकअर्काको विरुद्ध उभिएका अवस्थामा तनाव कम गर्न यो सम्झौता गर्न लागिएको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि पटकपटक आफ्नो देशमा उत्पादन भएका वस्तुको बजार भाउ कम देखाउन चिनियाँ मुद्राको मूल्य घटाएको आरोप लगाउँदै आएका छन्।

तर सोमबार अमेरिकाले गत अगस्ट महिनाबाट चिनियाँ मुद्रा युआनको मूल्य बढ्दै गएको बताएको छ।

आफ्नो मुलुकको उत्पादन क्षेत्रमा चीनले प्रभाव पारेको आरोप लगाउँदै आएका ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका बेला चीनलाई मुद्रा अवमूल्यन गरेको आरोप लगाउने प्रतिबद्धता जनाएका थिए।

तर राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरे पछि भने उनी त्यो विषयमा नरम देखिए।

सन् १९९४ यता अमेरिकाले आधिकारिक रूपमा पहिलोपटक कुनै देशलाई मुद्रा अवमूल्यनको आरोप लगाएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .