ad ad

कारोबार


कामना सेवा र ओम्नी मोटर्सबीच सम्झौता

कामना सेवा र ओम्नी मोटर्सबीच सम्झौता

नेपालखबर
पुस २९, २०७६ मंगलबार ८:५३,

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भारतबेन्ज ब्राण्डका विभिन्न प्रकारका सवारीसाधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रालिको तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गरे।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .