ad ad

कारोबार


एनसेलले ल्यायो अनलिमिटेड भ्वाइस प्याक

एनसेलले ल्यायो अनलिमिटेड भ्वाइस प्याक

नेपालखबर
असार ३, २०८० आइतबार १६:२२, काठमाडौँ

एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्।

एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरि तीन अनलिमिटेड भ्वाइस प्याकहरु संचालनमा ल्याएको जनाएको छ।

प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरु बिहीबार (जेठ ३२) बाट सञ्चालनमा आएका हुन्। आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।

१ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजेसम्म नेपालका कुनैपनि मोबाइल नेटवर्क नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्। ग्राहकहरुले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स१एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन्।

त्यसैगरी एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स४ह्यास डायल गरि एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित मात्र रु ३० मा सुचारु गर्न सक्छन्।

एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन्। यो प्याकको करसहित रु १५० पर्दछ। ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स४एष्ट्रिक्स३ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन्।

आफ्ना ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ। अल–नेट होस् वा अन–नेट जुन सुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .