बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०५ अंकले घटेको छ। नेप्से १४.०५ अंकले घटेर २०५०.७८ बिन्दुमा झरेको छ। आज नेप्से घटेसँगै कारोकार रमक समेत घटेको छ।
आज नेप्सेमा ३ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। आज कारोबारमा आएका २७१ कम्पनी मध्ये ४५ कम्पनीमा मात्रै सेयरमूल्य बढेको छ।
त्यसैगरी १७९ कम्पनीको सेयरमूल्य घटेको छ। आज दिनभरी नेप्सेमा सामान्य उतार चढाप नै देखियो।
आज कारोबार अवधिमा नेप्से न्यून २०४४ बिन्दुमा झरेको थियो भने उच्च २०८२.७७ विन्दुमा पुगेको थियो।
आज सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ।
त्यसैगरी सोल्टी होटलको ७.४४ प्रतिशत र विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ।
आज शिवम् सिमेन्टको सर्वाधिक २३ करोडको कारोबार भयो। नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) सर्वाधिक खरिद माग रहेको थियो।
21
Shares
प्रतिक्रिया