ad ad

कारोबार


दैनिक खर्च ७ अर्बभन्दा माथि हुँदा बैंकमा तरलता झनै बढ्दो

दैनिक खर्च ७ अर्बभन्दा माथि हुँदा बैंकमा तरलता झनै बढ्दो

नेपालखबर
असार १५, २०८० शुक्रबार २०:५८, काठमाडौँ

असार महिना अर्थिक वर्षको लेखा ‘क्लोजिङ’ गर्ने समय हो। हिसाबकिताब फरफार गर्ने समय भएकाले सरकारको खर्च आर्थात् भुक्तानी समेत वृद्धि भइरहेको छ। 

दैनिक ७ अर्ब भन्दा माथि भुक्तानी हुन थालेको छ। यसले बैंक तथा वित्तिय संस्थामा समेत केही प्रभाव देखिन थालेको छ। अहिले बैंक तथा वित्तिय संस्थामा लगानी योगय पुँजीको मात्र थप हुँदै गइरहेको राष्ट्र बैंकको तथ्याङ्कले समेत देखाएको छ। 

यसरी लगानी योग्य पुँजीको मात्रा बढिरहनुमा सरकारी भुक्तानीको समेत प्रभाव देखिएको हो।

पछिल्लो समय संघीय सरकारको दैनिक भुक्तानी बढिरहेको छ। १२ गते ७ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ। १३ गते ७ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी भएको छ। १४ गते सार्वजनिक बिदाको दिनमा समेत १ अर्ब रुपैयाँ भुक्तानी भएको छ। 

असार महिना सुरु भएपछि नै सरकारले ५३ अर्ब रुपैयाँ खर्च गरेको हो।

जेठ मसान्त सम्म ११ खर्ब ७६ अर्ब रुपैयाँ खर्च भएकोमा अहिले त्यो खर्च १२ खर्ब २९ अर्ब  रुपैयाँ भएको छ। 

यो भुक्तानीले समेत पछिल्लो समय बैंकमा तरलता वृद्धिमा सहयोग गरिरहेको हो। 

नेपाल राष्ट्र बैंकको अनुसार अहिले बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन ५५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रभावह ४८ खर्ब  ६३ अर्ब रुपैयाँ पुगेको छ। अहिले सीडी रेसियो अर्थात् ८३ दशमलव ९२ प्रतिशत रहेको छ भने अन्तर बैंक दर ५ प्रतिशत रहेको छ। 

जस अनुसार अहिले बैंकमा लगानी योग्य रकम ५ प्रतिशत कायम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .