ad ad

ग्लोबल


भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

नेपालखबर
असार १५, २०८० शुक्रबार २१:१६, काठमाडौँ

भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन्।

पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो। कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन।

नमूना दिल्ली पठाइएको र २९ जनाको मात्र नमूना पुष्टि भएको उनले बताए।

‘पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन,’ उनको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

‘सरकारी आदेशअनुसार निर्वाध रहेका शबलाई मात्र दाहसंस्कार गर्नुपर्ने र तिनीहलाई सकेसम्म आफ्नो पैतृक क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने हुन्छ,’ नगर प्रमुख दासले भने।

उनले थपे, ‘दाबी नगरिएका शवको पनि अन्त्येष्टि गरिनेछ। त्यसका लागि हामीले दुईवटा शवदाह गृह तयार पारेका छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .