ad ad

कारोबार


युवा महिला उद्यमीलाई सशक्त बनाउँदै कोका-कोला

युवा महिला उद्यमीलाई सशक्त बनाउँदै कोका-कोला

नेपालखबर
असार २४, २०८० आइतबार १९:९, काठमाडौँ

कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्राइभेट लिमिटेडसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको गरेको छ।

कम्पनीका अनुसार यो कार्यक्रम कोका-कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम ‘सक्षम’ को एक महत्वपूर्ण भाग हो, र यसले नेपालमा महिलाहरुद्वारा संचालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ। जसले कोका–कोलाको मूल्य श्रृंखलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्दछ।

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई उनीहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो।

यी फाइनलिस्टहरुमा केहिक्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन्।

कार्यक्रम सुरु गर्नको लागि, जुन ११, २०२३  मा एक ओरिन्टेसन सेसन आयोजित गरिएको थियो।

सहभागीहरूलाई त्यसबेलादेखि उनीहरूको उद्यमशीलताको प्रयासमा फस्टाउन र आवश्यक सीप र ज्ञानको साथ सुसज्जित गर्न एक्स्पर्ट सेसनहरु आयोजना गरिएको छ।

फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारहरूको नेतृत्वमा सेसनहरूमा भाग लिने सुअवसर पाएका कम्पनीले जनाएको छ्, जसमा लैङ्गिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको छ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्छन्, ‘यस कार्यक्रमले नेपालको गतिशील उद्यमशील परिदृश्यमा लैङ्गिक समानता र महिला सशक्तिकरणको लागि हाम्रो अटल समर्पणलाई जोड दिन्छ। यी महत्वाकांक्षी युवा महिला उद्यमीहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गरेर, हामीले दिगो इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेका छौं जसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्त्वपूर्ण योगदान र्पुयाउँछ।’

कार्यक्रममा प्रसन्न बस्नेत (सहसंस्थापक, कटन मिल नेपाल), हौशाला थापा गुरुङ (हौशाला क्रिएटिभ्स), डा मनु कार्की (इको साथी नेपाल), सुजाता श्रेष्ठ (घाघर र एम एण्ड एस) लगायतले  युवा महिलाहरूलाई उनीहरूको उद्यमशील यात्रामा थप उत्प्रेरित र सशक्त बनाउँदै आ–आफ्ना प्रेरणादायी कुराहरु कथाहरू र अन्तर्दृष्टिहरू साझा गरेका थिए।

लिङ्ग, नेतृत्व र जनस्वास्थ्य विज्ञ डा. मधुरिमा भद्रा भन्छिन्, ‘मार्जिनलाइज्ड व्यक्तिहरू, विशेष गरी नन–बाइनरी व्यक्तिहरू र यौनकर्मीहरूका लागि सीमित अवसरहरू छन्। यी युवा महिलाहरू अहिलेबाट नै यो विशेष समूहको व्यक्तिहरूको बारेमा सोचिरहेका र एक समावेशी वातावरणमा उनीहरूका लागि अवसरहरू प्रदान गर्ने योजना गरिरहेका देखेर म धेरै उत्साहित छु।’

कोका–कोलाका अनुसार हप्तौंको गहन प्रशिक्षण र सल्लाहकारिता पछि, फाइनलिस्टहरू अब उनीहरूको अन्तिम पिचको तयारीको अन्तिम चरणमा छन्। अगस्टमा उनीहरूका नवीन विचारहरू र व्यापारिक योजनाहरू तीन कुशल एक्स्पर्टहरु सम्मिलित एक प्रतिष्ठित जूरी समक्ष प्रस्तुत गरिनेछ। टप थ्री सहभागीहरूमा प्रत्येकलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ, जसले उनीहरूलाई आफ्नो उद्यमलाई गति दिन र उनीहरूको लक्ष्यको नजिक पुग्न महत्त्वपूर्ण प्रोत्साहन प्रदान गर्नेछ।

‘युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमका सहभागीहरूले देखाएको उल्लेखनीय प्रगति र दृढ उत्साह देख्न पाउँदा हामी अविश्वसनीय रूपमा उत्साहित छौं। नेपालमा महिला सशक्तिकरण गर्ने हाम्रो प्रतिबद्धताले यस वर्ष यस कार्यक्रम मार्फत १०००ं+ महिलाहरूलाई तालिम जारी राख्न प्रेरित गर्दछ। नेपाली महिलाहरूको पोटेन्सियल र रिसिलियेंसले हाम्रो विश्वासलाई सुदृढ बनाउँछ र हामी थप महिलाहरुका उद्यमशीलताको यात्रालाई तीव्रता दिन चाहन्छौं’ बोटलर्स नेपालका म्यानेजिङ्ग डाइरेक्टर दीपक सेन्थिल नाथले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .