ad ad

कारोबार


व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्र हत्या गरिएको जिकिर

व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्र हत्या गरिएको जिकिर

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८० बिहिबार ११:४६, काठमाडौँ

त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि व्यवसायी दीपक मल्होत्राले आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन्। 

विमानस्थलबाट बरामद भएको अवैध सुनमा आफ्नो संलग्नता रहेको दाबीसहित समाचारसमेत आएपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

आफ्नो चरित्रहत्या भएको भन्दै उनले बिहीबार दिउँसो १ बजे दरबारमार्गस्थित रोयल सिन्धी होटलमा पत्रकार सम्मेलन तय गरेका छन्।  

उनले एकैजनाले अर्बौँ पर्ने एक क्विन्टल सुन ल्याउन नसक्ने दाबी गर्दै तस्करीमा आफ्नो संलग्नता पनि इन्कार गरेका छन्। मल्होत्राले आफ्नो चरित्र हत्या गरिएको बताउँदै कानुनी उपचारको बाटो खोज्ने पनि बताएका छन्। 
 
बुधबार मात्रै हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .