ad ad

कारोबार


बैंकहरूलाई ब्याजदर घटाउन दबाब

बैंकहरूलाई ब्याजदर घटाउन दबाब

नेपालखबर
साउन ७, २०८० आइतबार १४:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदर घटाउन दबाब दिने नीति लिएको छ।

राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको हो।

नीतिगत दर घटेपछि बैंकहरूले राष्ट्र बैंकमार्फत सापटीमा लागत कम पर्छ। राष्ट्र बैंकले दिने सापटी लागत कम पर्दा बैंकहरूलाई ब्याजदर घटाउन ठाडो दबाब हुन्छ।  

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा भनेको छ,‘ आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ। बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।’

बैंक दर भने यथावत राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .