ad ad

कारोबार


नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

नेपाल निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

नेपालखबर
साउन ७, २०८० आइतबार १९:२०, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअन्तर्गत साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाउने, साउन ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरूको सम्बन्धमा जानकारी गराउने निर्णइ भएको आईतवारको पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले बताए। 

त्यस्तै, आफ्ना मागहरु पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, १४ गते नै ७ वटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने महासचिव दाहालले बताए। 

उनले साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने निर्णइ गरेको पनि बताए। 

महासचिव दाहालले दोस्रो चरणको आन्दोलनलाई पनि सरकारले बेवास्ता गरी निर्माण व्यवयासीहरुका माग पूरा नगरे साउन १६ गते निर्माण उपकरणसहित संघीय राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताए।

महासंघले साउन ७ गते काठमाडौंमा सम्पन्न राष्ट्रि«य भेलाबाट सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्योलग्रस्त र बजेट नभइ काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुबिस्तारको आधारमा अन्त्य गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .