ad ad

कारोबार


आधाले घट्यो अटो सम्बन्धी आयात, ५७ अर्ब कम राजश्व उठ्यो

आधाले घट्यो अटो सम्बन्धी आयात, ५७ अर्ब कम राजश्व उठ्यो

नेपालखबर
साउन ८, २०८० सोमबार १८:१४, काठमाडौँ

अटोमोटिभ आयात ५१ अर्ब ९६ करोडमै सिमित भएको छ। सरकारले गत आर्थिक वर्षमा गाडी आयात लामो समय प्रतिबन्ध लगाउँदा ४७ अर्बले आयात घटेको हो।

आव ०७८/०७९ मा ९९ अर्ब ४२ करोड रुपैयाँको गाडी लगायतका सामग्री आएका थिए।

गत वर्ष ३३ अर्ब ३३ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको छ। जबकी आर्थिक वर्ष २०७८/०७९ मा अटो तथा पार्टस् आयातबाट ९० अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो। अटो नीतिमा कडाईले एकै वर्षमा ५७ अर्ब रुपैयाँ कमले राजश्व उठेको छ।

गत आर्थिक वर्षमा विद्युतीय गाडीको आयात बढेपनि डिजेल पेट्रोलका गाडीको आयत ह्वातै घट्दा राजश्वसँगै आयातको अंक घटेको हो। डिजेल र पेट्रोलका गाडीमा सबैभन्दा बढी कर उठाउँदै आएको छ।

गत आर्थिक वर्षमा विद्युतीय गाडी हालसम्मकै उच्च आयात भएका छन्। एक वर्षमै ४ हजार बढी विद्युतीय कार, जिप भ्यान आयत भएका हुन्। ४२ सय २० वटा विद्युतीय गाडी आयात भएकोमा ०७८/०७९ मा १८ सय ७ वटा मात्रै गाडी भित्रिएका थिए।

पेट्रोल इन्जिनका कार २१ सय ४८ वटा मात्रै भित्रिएका छन्। १ वर्षअघि ९ हजार ३८३ पेट्रोल इन्जिनका गाडी भित्रिएका थिए।

 डिजेलका ६५७ वटा मात्रै भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष १८ सय ६१ वटा गाडी भित्रिएका थिए।

एक वर्षमा दुईपांग्रे सवारी साधन १ लाख ४ हजार मात्रै नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष २ लाख ७८ हजार दुईपांग्रे गाडी भित्रिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .