नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ।
२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो।
आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको छ।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए। ‘साउन २२ गते दिउँसो रेस्क्यु टनेल ब्रेक थ्रु हुँदैछ’ जैसीले भने।
168
Shares
प्रतिक्रिया