ad ad

कारोबार


अर्थमन्त्रीले गभर्नरलाई भने : स्वच्छ प्रतिस्पर्धा हुने गरी बैंकहरुको नियमन गर्नुस्

अर्थमन्त्रीले गभर्नरलाई भने : स्वच्छ प्रतिस्पर्धा हुने गरी बैंकहरुको नियमन गर्नुस्

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८० सोमबार १२:९, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वच्छ प्रतिस्पर्धा हुने गरी बैंक तथा वित्तीय संस्थाको नियमन गर्न भनेका छन्। 

आइतबार अर्थमन्त्रालयमा भएको वार्षिक समीक्षा कार्यक्रममा  मन्त्री महतले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम हुने गरी आफ्नो भूमिका सुदृढ गर्न भनेका हुन्। 

अर्थमन्त्री महतको अध्यक्षतामा अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७९/८०को वर्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितको बैठक बसेको थियो। 

उक्त बैठकमा गर्भनर लगायत अनय नियायमक निकाललाई समेत लक्षित गर्दै अर्थमन्त्री महतले स्वच्छ प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख गरे। 

अर्थमन्त्री महतले अर्थमन्त्रालय र अन्तगर्ततका नियकालाई भने तोकिएको कार्य र जिम्मेवारी गरा गर्दै अपेक्षित लक्ष्य हासिल गर्न उच्च व्यवसायिक  दक्षता कायम गरी कार्य सम्पादन गर्न निर्देशन दिएका थिए। 

बैठकमा गभर्नर अधिकारीले राष्ट्र बैंकले उत्पादन र उत्पादकत्व बढाउने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मौद्रिक नीतिमार्फत जोड दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .