कान्ति बाल अस्पतालको निष्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु गरी सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पतालबीच सम्झौता भएको छ।
उक्त सम्झाैताअनुरुप काठमान्डौं राउन्ड टेबल २२(राउन्ड टेबल नेपालको अंश)ले ६ जना स्वयंसेवकलाई लाग्ने खर्च व्यहोर्ने गरी उक्त सेवा पुन: सञ्चालन गरिने बताइएकाे छ।
रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण विषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधारण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिइएको छ।
यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने बताइएकाे छ। गत अक्टोबर २०१९ मा पुन सञ्चालनमा ल्याईएको यस ब्लड बौंकले आज सम्म करिब दशौं हजार बालबालिकाहरुको हित गरेको छ र आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउनेछ।
राउन्ड टेबल नेपाल बाल बालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाज सेवामा समर्पित युवाहरुको समूह हो।
प्रतिक्रिया