ad ad

कारोबार


अर्थमन्त्री भन्छन्- अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन्, डराउनुपर्ने अवस्था छैन

अर्थमन्त्री भन्छन्- अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन्, डराउनुपर्ने अवस्था छैन

नेपालखबर
साउन २७, २०८० शनिबार १५:५५, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताए। नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको पनि उनले बताए। 

‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ। अहिले कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन्। तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ,’ उनले भने, ‘नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्। आईटी क्षेत्र कोभिडपछि नेपालमा युवाहरुले अरु बाहिर जाने अवस्था नभएकाले उनीहरुको दिमाग कम्प्युटरमा गयो। आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ।’

उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए। आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन उनको आग्रह छ।

‘नेपाली युवाहरु सफ्टवेयर निर्यात गरिरहका छन् विदेशमा। नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन्। आइटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्न पर्दैन,’ उनले भने, ‘यसको लागि समर्पण र स्किल भए पुग्छ। त्यसमा पनि लाग्न अनुरोध गर्छु। यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु।’

मन्त्री महतले नेपालको अहिलेको चुनौती भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .