ad ad

कारोबार


नेप्से परिसूचक ३१ दशमलव ८० अंकले घट्यो

नेप्से परिसूचक ३१ दशमलव ८० अंकले घट्यो

नेपालखबर
साउन ३०, २०८० मंगलबार १५:५१, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ अंकमा झरेको छ।

आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन सय ४१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ बराबरको कारोबार भएको छ।
 
आजको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक चार दशमलव २८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई सय ४२ दशमलव ७० र जीवन बीमा समूह दुई सय चार दशमलव २८ अङ्कले घटेको छ।

बैंकिङ ११ दशमलव ९७, विकास बैंक ७३ दशमलव १८, वित्त ३९ दशमलव ८४, होटल तथा पर्यटन एक सय २३ दशमलव ६९ र जलविद्युत् ५१ दशमलव ३३ अङ्कले घटेको छ। लगानी समूह शून्य दशमलव ८१, लघुवित्त ४० दशमलव १६, निर्जीवन बीमा एक सय ८४ दशमलव २१, व्यापार १४ दशमलव ४१ र अन्य समूहको उपसूचक १३ दशमलव ८९ अङ्कले घटेको छ।
    
आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ।
     

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको सेयर किनबेच भएको छ। किनबेच भएका सेयर स‌ंख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार दुई सय ३५ कित्ता किनबेच भएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .