ad ad

कारोबार


२१.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

२१.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

नेपालखबर
भदौ १, २०८० शुक्रबार १३:५५, काठमाडौँ

गत वर्ष रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब नाघेको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ।

अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ।

अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .