ad ad

कारोबार


इन्फ्रास्ट्रक्चर बैंकले प्रोभिजन छुट्याएर कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने

इन्फ्रास्ट्रक्चर बैंकले प्रोभिजन छुट्याएर कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने

नेपालखबर
भदौ १, २०८० शुक्रबार १४:५३, काठमाडौँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले कर्जा नोक्सानी गरी कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने भएको छ।

नेपाल राष्ट्र बैंकले सर्कूलर जारी गर्दै निफ्रालाई कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ।

सर्कूलरमा भनिएको छ,‘ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको कुनै अवस्था देखिएमा संस्थामा ऋणीले पेश गरेको लिखित कार्ययोजनाका आधारमा कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न मिल्ने छ।’

पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरसंरचना/वा पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ।

पहिलो पटक पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, समान किस्तामा भुक्तानी हुनेगरी पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, बढीमा एक वर्षसम्म ग्रेस अवधि राखी कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा, पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा, वर्गीकरण भैरहेका कर्जालाई माथि बुँदा नं. (क) मा उल्लेखित बाहेकको अवस्थामा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएमा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .