ad ad

कारोबार


विमानस्थलमा भीआईपीको प्रवेश हुनु अघिनै सचिवालयले सहजीकरण गर्नुपर्ने

विमानस्थलमा भीआईपीको प्रवेश हुनु अघिनै सचिवालयले सहजीकरण गर्नुपर्ने

नेपालखबर
भदौ ४, २०८० सोमबार १४:५१, काठमाडौँ

विमानस्थलमा भीआईपी प्रवेश गर्दा १ घन्टा अगावै सचिवालयले सहजीकरण गर्नुपर्ने भएको छ। अतिविशिष्ट/विशिष्ट व्यक्ति आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसारका व्यक्तिको सहजीकरण १ घण्टा अगावै सचिवालयबाट गर्नुपर्ने भएको हो।

‘आवागमन सहज बनाउन उडान समयभन्दा १ घण्टा अगावै आन्तरिक विमानस्थल टर्मिनल पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआईपी सवारी साधन सहितको विवरण आन्तरिक टर्मिनल भवनमा रहेका पास इकाइमा उपलब्ध गराउनु पर्ने छ,’ त्रिभुवन विमानस्थल कार्यालयले जारी सूचनामा उल्लेख छ।

सचिवावलय सवारीको पास लिई एयरलाइन्सको चेक इन, लगेज/सुरक्षा जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ। भीआईपी कक्षदेखी आन्तरिक जहाज पार्किङ/ र्‍यापसम्मको आवागमन, सुरक्षा प्रहरी सहितको सम्बन्धित वायु सेवाको भीआईपी सवारी साधन मार्फत मिलाएको विमानस्थलले जनाएको छ। 

अतिविशिष्टहरूको सवारीमा प्रयोग हुने सवारी साधनहरुको हकमा ¥यापसम्म सुरक्षा एक्कर्ट सहितको आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .