नेप्से २ हजार बिन्दु तल ओर्लिएको छ। आज १२.९३ अंकले घटेको बजार १९९९.२ बिन्दुमा अडिएको हो।
कारोबारको सुरुवाती समयदेखि घटेको बजार उत्तार चढाप खेप्दै २ हजार बिन्दु तल झरेको हो।
आज नेप्सेसँगै कारोबारमा समेत घटेको छ। अघिल्लो कारोबार दिन (आइतबार) १ अर्ब ४३ करोडको कारोबार भएको थियो। आज नेप्सेमा १ अर्ब ४० करोडको कारोबार भएको छ।
कारोबारमा आएकामध्ये ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ। त्यसैगरी ७ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
लक्ष्मी लघुवित्त र कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। आज नेप्सेमा शिवम सिमेन्टको ८ करोड २ लाखको कारोबार भएको छ।
36
Shares
प्रतिक्रिया