भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक रविन्द्र शिखाकारले सोमबार साफ खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
नेपाली टोली, भुटान र बंगलादेश रहेको समूह ए मा छ। समूह बी मा आयोजक भुटान, मालदिभ्स र पाकिस्तान छन्।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपालले समूह चरणको पहिलो खेलमा आगामी १७ गते बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा १९ गते भारतसँग खेल्नेछ।
साफ च्याम्पियनसिप भदौ १५ देखि २४ गतेसम्म भुटानको थिम्पुमा रहेको चाम्लिमिथाङ रंगशालामा हुनेछ।
नेपाली टोलीः
गोलरक्षकः विशेष बानिया, पेम्बा नोर्बु भोटे, भक्त बहादुर परियार
डिफेन्डरः एकराज विश्वकर्मा, किसान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निसान राज लावती, किशोर कुमार दनवार, शरण एसके,
मिडफिल्डरः सुजल स्याङताङ, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु
फरवार्डः सन्तोष गोङग्वा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी
Shares
प्रतिक्रिया