ad ad

कारोबार


आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसीमा ‘इन्ड टु इन्ड सोलुसन’ प्रणाली

आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसीमा ‘इन्ड टु इन्ड सोलुसन’ प्रणाली

नेपालखबर
माघ ८, २०७६ बुधबार ७:१९,

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंकले भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामक प्रणाली खरिद सम्झौता गरेको छ।

एनआईसी एसिया बैंक तथा नेपाल र भारतका दुई कम्पनीबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका तर्फबाट भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेको बैंकले जनाकारी दिएको छ।

सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टु इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणाली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) लगायतले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकले प्रेस विज्ञप्ती मार्फत जानाकारी गराएको छ।

यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले जनाएको छ।

नवीनतम् प्रविधिलाई उच्च प्राथमिकताका साथ अवलम्बन गर्ने बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधिमार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ। जसअन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ।

यो प्रविधिमार्फत ग्राहक अनबोर्डिङ गर्दा अहिले कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल र सीएफटी (आतंकारी गतिविधिमा वित्तीय लगानी निवारण) र ग्राहक परिचान (केवाईसी) व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ। साथै निकट भविष्यमै बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको छ।

नियमनकारी निकायले तोकको व्यवस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। बैंकले सो इ–केवाईसी पोर्टल मार्फत आफ्नो विवरण अद्यावधिक गर्न पनि ग्राहकसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .