ad ad

खेल


टी–ट्वान्टीमा किर्तिमानी सय विकेट लिने संघारमा सन्दीप

टी–ट्वान्टीमा किर्तिमानी सय विकेट लिने संघारमा सन्दीप

नेपालखबर
माघ ८, २०७६ बुधबार ७:११,

अष्ट्रेलियामा मेलबर्न स्टार्सबाट बिग बास क्रिकेट खेलिरहेका सन्दीपले बुधबारको खेलमा २ विकेट लिए नेपालबाट टी–ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्।

सन्दीप रहेको टोलीले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्नेछ। आजको खेलमा उनले २ विकेट नलिए अन्य खेलको प्रर्दशन पर्खनु पर्नेछ। सन्दीपले नेपाली राष्ट्रिय टोली र आधिकारिक फ्रेन्चाइज लिग गरि कुल ९८ विकेट पु¥याएका छन्।

सन् २०१८ मा लर्ड्समा विश्व–११ बाट वेस्टइन्डिज विरुद्ध टी–ट्वान्टी आईमा डेब्यु गरेका सन्दीपले हालसम्म ७२ टी–ट्वान्टीमा १५ सय ४३ बलमा १८ सय १७ रन खर्चेर ९८ विकेट लिएका छन्।

सन्दीपले सन् २०१८ मा वेस्ट इन्डिज बिरुद्ध विश्व–११ बाट खेल्दै टी–ट्वान्टी आइमा डेब्यु गरेका थिए। सन् २०१८ मा नै इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैग्लोरविरुद्ध देल्ली डेयर डेबिल्सबाट डेब्यु गरेका सन्दिपले आप्mनो स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए।

सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टोली र फ्रेन्चाइज लिगमा लिएको विकेट

इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट

वेस्ट इन्डिज बिरुद्ध विश्व–११ (१ खेल) ( १ ओभरमा १२ रन खर्चेका सन्दीपले विकेट लिन सकेनन् )

क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट

अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट

बिग ब्यास लिग २०१८/१९ (८ खेल) – ११ विकेट

बंगलादेश प्रिमियर लिग २०१८/१९ (६ खेल) – ४ विकेट

पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट

आईपीएल २०१९ (६ खेल) – ८ विकेट

क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट

बिग ब्यास लिग (२०१९/२० (सुरुवाती ११ खेल) – १४ विकेट

नेपाली राष्ट्रिय टोलीबाट टि–ट्वान्टी आई (१८ खेल) – २८ विकेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .