उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयको पहलमा भएको सहमतिपछि पाँच चिनिी उद्योगले किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी दिएका छन्।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै पाँच उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसकेको बताएको छ।
मन्त्रालयका अनुसार बक्यौता रकमको सम्पूर्ण भुक्तानी दिन उद्योगमा हिमालयन सुगर मिल्स, इन्दुशंकर चिनी उद्योग, इस्टन सुगर मिल्स, रिलाइन्स सुगर एिन्ड के.ई प्रालि. र भागेश्वर सुगर ई प्रालि. रहेका छन्।
त्यसैगरी केही उद्योगहरुले बक्यौत रकम आंशिक रुपमा भुक्तानी गरेको मन्त्रालयले जनाएको छ। यसरी भुक्तानी दिने उद्योगहरुमा महालक्ष्मी सुगर्सले किसानको ११ करोड ५० लाख भुक्तिानी दिएको छ। महालक्ष्मीले २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ भुक्तानी दिन बाँकी थियो। त्यस्तै अन्नपूर्ण सुगर एन्ड जनरल ई.प्रालिले ४२ करोड बक्यौतामा जम्मा ३ करोड ९० लाख मात्रै भुक्तानी दिएको छ। सोही मिल्ससँग जोडिएको इन्दिरा सुगर एन्ड एग्रो प्रालिले जम्मा ७४ लाख बक्यौता भुक्तानी गरेको छ।
त्यस्तै एभरेस्ट सुगर एन्ड केमिकल ई.लिले ७ करोड ९३ लाख ८ हजार ६२७ मा खाता नम्बर नभएका किसानको मात्रै रकम भुक्तानी गर्न बाँकी रहेको बताएको छ। लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। सो मिल अहिलेसम्म सम्पर्कमा नआएको भन्दै सरकारले खाता रोक्का गरेको छ।
त्यस्तै श्रीराम सुगर मिल्सको २६ करोड ७७ लाख ७८ हजार ६२३ बक्यौता भुक्तानी बाँकी रहेकोमा किसानसँग सम्झौता भइसकेको मनत्रालयले जनाएको छ।
यस्तै बाबा बैजुनाथ चिनी उद्योग र बागमती खाडसारी मिल्स प्राली सम्पर्कबिहीन भएका छन्। यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैंया बक्यौता रहेको छ।
सरकारले किसानको बक्यौता रकम नतिर्ने उद्योगमाथि कारबाही समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। सरकारले ठूलो मात्रामा बक्यौता रकम भएको अन्नपुर्ण सुगर एन्ड जनरल प्रालि र इन्दिरा सुगर एन्ड एग्रो प्रालिको बैंक खाता रोक्का गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भुक्तानी तिराउन बारम्बार ताकेता गर्दा पनि कृषकको भुक्तानी नदिएपछि बैंक खाता रोक्का गर्न मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको सहसचिव नवराज ढकालले जानकारी दिए।
प्रतिक्रिया