ad ad

कारोबार


चालु पुँजी कर्जाका ऋणीले वर्षमा थप दुई पटक आकस्मिक कर्जा लिन पाउने

चालु पुँजी कर्जाका ऋणीले वर्षमा थप दुई पटक आकस्मिक कर्जा लिन पाउने

नेपालखबर
भदौ ११, २०८० सोमबार ११:३३, काठमाडौँ

अबका वर्षमा दुई पटकसम्म आकस्मिक प्रकृतिको चालु पुँजी कर्जा लिन मिल्ने व्यवस्था कार्यन्वयनमा आएको छ। 

सोमबार नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ को प्रथम संशोधन जारी गर्दै सिजनल प्रकृतिसहितका व्यवसायीले एकै वर्ष दुई पटकसम्म आकस्मिक कर्जा लिन सक्ने व्यवस्था गरेको हो। 

मार्गदर्शनमा चालु पुँजी कर्जा लिएका ऋणीहरुले एक आर्थिक वर्षमा दुई पटक भन्दा बढी आकस्मिक प्रकृतिको (एडिएचओसी) कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय सस्थाको संचालक समितिले निणर्य गरि कर्जा दिन मिल्ने उल्लेख गरेको हो । 

जारी मार्गदर्शनले चालु पुँजी कर्जाका ऋणीहरुको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि थप कर्जा प्रदान गर्ने वा कर्जाको सीमा थप गर्न नपाउने व्यवस्था गरेको छ। 

तर ऋणीले यवसासँग सञ्चालकै लागि ऋण मागेमा बैंकले ऋण दिन सक्ने व्यवस्था गरेको छ। 

यस्तो ऋण चालु पूँजी कर्जापछिको थप कर्जा हो, जुन व्यवसायीले कारण सहित कर्जा माग गरे वर्षमा दुइ पटकसम्म कर्जा थप गर्न पाउनेछन्। 

यसअघि यस प्रकारको कर्जा ऋणीले वार्षिक एक पटकमात्रै लिन पाउँदै आएकोमा अब थप दुई पटक लिन पाउने भएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .