ad ad

कारोबार


चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमुलक उद्योगलाई राहत

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, उत्पादनमुलक उद्योगलाई राहत

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार ११:३६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरेको छ। 

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ (प्रथम संशोधन) गरी उत्पादनमूलक कम्पनीलाई केही राहातको व्यवस्था ल्याएको छ।

एक र दुई करोडको चालु पुँजी कर्जा सीमा निर्धारण गर्दा (उत्पादनमुलक उद्योग हकमा ३ करोड र ४ करोड) चालु पुँजी कर्जा उपयोग गर्दा चालु पुँजी कर्जा व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकले भनेको छ, '१ करोडससम्म (उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म) चालु पुँजी कर्जाको उपयोग गर्ने ऋणीको हकमा यो व्यवस्था लागू हुने छैन।’

त्यसैगरी २ करोडसम्मको कर्जा निर्धारण गर्दा उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म चालु पुँजी कर्जाको सीमा निर्धारण नहुने सर्कुलरमा उल्लेख छ। 

तर, फर्म-संस्था वा कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा ४ करोडसम्म)को चालु पुँजी कर्जाको सिमा  निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार-बिक्रीको अधिकतम् २० प्रतिशतले हुन आउने रकमसम्म मात्र चालु पुँजी कर्जा सिमा कायम गर्नुपर्नेछ। 

यस्तो कर्जाको अवधि भने १ वर्ष वा सो भन्दा कम हुनुपर्ने छ। यस्तो कर्जालाई वार्षिक नविकरण गर्न सकिने भनिएको छ। 

२ करोडभन्दा बढी (उत्पादनको हकमा ४ करोड) चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा फर्म-संस्था वा कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड (उत्पादन उद्योग ४ करोड) बढीको चालु पुँजी कर्जाको निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल र फल्कचुइटेड वर्किङ क्यापिटलको पहिचान गर्नुपर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .