ad ad

कारोबार


निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ९८ करोडको व्यवसाय

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ९८ करोडको व्यवसाय

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार १३:४३, काठमाडौँ

चालु आर्थिक वर्ष पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन। 

दुई लघुबीमासहित निर्जीवन बीमा कम्पनीले साउनमा उक्त व्यवसाय गरेका हुन्।

साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड १५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। 

त्यसैगरी सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँबराबर व्यवसाय गरेको छ। 

हिमालयन एभरेस्ट इस्योरेन्स कम्पनीले ३४ करोड ३७ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ६८ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्से ३० करोड ४० लाख, राष्ट्रिय बीमा कम्पनी २९ करोड ४४ लाख, युनाइटेड अजोड २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँबराबर व्यवसाय गरेका छन्।

त्यस्तै नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्स २४ करोड ८ लाख, दि ओरिएन्टल इन्स्योरेन्स २० करोड ७२ लाख, नेसनल इन्स्योरेन्स १९ करोड ६० लाख, सानिमा जिआइसी १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँबराबरको व्यवसाय गरेको छ।

दुई लघु बीमा कम्पनीले पनि कूल ९५ हजारको व्यवसाय 

नेपाल माईक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजारको बीमा व्यवसाय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .