सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्षको सुरुवातमै सिमेन्टको मूल्य घटाएको छ।
भदौ १० गते आइतबारदेखि लागूहुने गरी सिमेन्टमा मूल्य घटाएको हो। उद्योगको लक्ष्य पुरा नहुने अवस्थामा पुगेपछि सिमेन्टको मूल्य घटाउन परेको उद्योगको दाबी छ।
उद्योगले उत्पादन गरेको शक्ति ब्राण्डको सिमेन्टको कारखाना मूल्य ६४९ रुपैयाँ ७५ पैसा कायम गर्ने गरी उद्योगको ब्यवस्थापनले शुक्रबार निर्णय गरेको बताइएको छ। त्यसमा पनि उद्योगले पाउने मूल्य ५६४ रुपैयाँ मात्र रहेको बाँकी सबै करको रुपमा उपभोक्ताले तिर्नुपर्ने बताइएको छ।
नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टसँग हेटौंडा सिमेन्ट उद्योगले प्रतिष्पर्धा गर्नुपर्ने भएपछि मूल्य समायोजन गरिएको बताइएको छ।
दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको क्षमता छ। तर, हाल पुराना मेसिनका कारण दिनहुँ १० देखि १२ हजार बोरामात्र सिमेन्ट उत्पादन भइरहेको छ। उद्योगमा ७ सय ५० मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने क्षमता छ।
Shares
प्रतिक्रिया