ad ad

राजनीति


सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद

फाइल फोटो


नेपालखबर
भदौ ११, २०८० सोमबार १७:२८, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन्।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रुपमा परराष्ट्रमन्त्रीस्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनःजीवन दिने दाबी गरे।

उनले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने निर्णय भइसकेको बताए।

उनले भने, ‘आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदैछ। नेपालको तर्फबाट अनौपचारिक रुपमा भएपनि परराष्ट्रमन्त्रीहरुको एउटा बैठक हामीले बोलाएका छाैँ। त्यस बैठकले सार्कलाई पुनःजीवन दिनेछ, गतिशिलता दिनेछ। सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छाैँ। यसले पनि सार्क जीवित रहन्छ। यो अघि बढ्छ।’

मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताए। सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .