ad ad

कारोबार


शनिबार काठमाडौं र ललितपुरका यी ठाउँमा दिनभर बिजुली बन्द हुने

शनिबार काठमाडौं र ललितपुरका यी ठाउँमा दिनभर बिजुली बन्द हुने

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:५८, काठमाडौँ

शनिबार (भोलि) काठमाडौं र ललितपुरका केही ठाउँमा ८ घन्टा भन्दा लामो समयसम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरका केही ठाउँमा शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको हो।

लप्सीफेदी तथा चागुनारायण सबस्टेशन निर्माण आयोजनाले टेकु सबस्टेशन स्तरोन्नती गरी यतिबेला टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्जको काम गरिरहेको छ। 

प्रथम चरण अन्तर्गत टेकु सबस्टेसनमा १ थान १३१/११ केभी, ४५ एमभीए ट्रान्सफरमर चार्ज गर्न पूर्व स्युचाटार सबस्टेसनमा ६६ केभी के ३ बे को काउन्टर वाइपास गरी पुरानै स्वीचगियर मार्फत् चार्ज गर्न स्युचाटार के ३   ६६ केभी प्रशारण लाइन बन्द गर्नुपर्ने जानकारी प्राधिकरणले दिएको छ। 

शनिबार सम्बन्धित स्विचिङ स्टेसनहरुबाट विद्युत् आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्तिको प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने पनि जनाएको छ। 

हेर्नुहाेस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .