नेपाल आर्थिक पत्रकार समाज (सेजन) महासचिवमा गोरखापत्रमा कार्यरत विश्वास रेग्मी निविरोध निर्वाचित भएका छन्। रेग्मीको मात्रै एकल उम्मेदवारी परेको सेजनले जनाएको छ।
सेजनको निर्वाचन शनिवारलाई तोकिएको छ।
सेजन कार्यसमितिमा १० पदको लागि १८ जनाको उम्मेदवारी परेको छ।
अध्यक्षमा शिरोमणी ढुंगाना, सरस्वती ढकाल र सुजन ओलीको उम्मेदवारी परेको छ।
उपाध्यक्षमा विनय बञ्जरा र भागवत भट्टराई उम्मेदवारी छ। सचिवमा सोभित थपलिया, रञ्जु काफ्ले, मुना कुँवरको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा भने अच्युत पुरी र कमला अर्यालले उम्मेदवारी छ।
सदस्यहरुमा पवन तिमिल्सिना, केशु लामिछाने, हेमन्त जोशी, बसन्तराज उप्रेती, ममता थापा, कौशिला कुँवर र छविलाल सापकोटाको उम्मेदवारी छ।
72
Shares
प्रतिक्रिया