ad ad

कारोबार


नेपालमा ५जी प्रविधि सुरु गर्ने तयारीमा सामसङ

नेपालमा ५जी प्रविधि सुरु गर्ने तयारीमा सामसङ

नेपालखबर
भदौ २१, २०८० बिहिबार २०:१, काठमाडौँ

स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्रणी रहँदै आएको छ। स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्राउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ, चाहे यो फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन रहेको भूमिका होस्, या स्मार्टफोनबाट गर्न सकिने सम्भवताको परिधिहरुलाई निरन्तर रुपमा विस्तार गर्न होस्।

या पहुँच योग्य दायरामा पाइने ५जी नेटवर्किङ्ग क्षमताहरुका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्टेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन होस्, सामसङले सधैं नेपाली बजारमा आफ्नो ए–गेम ल्याउने गर्छ।

नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, एनटीसी र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन्, अहिले नेपालमा संचालनमा रहेका सबै समान व्याण्डहरु २जी को लागि व्याण्ड ८(९०० मेगाहर्ज), ३जी को लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), ४जीको लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबै सँग सामसङद्वारा समर्थित छन्।

नेपाल टेलिकमले भोल्ट विस्तार गर्ने दौरानमा आफ्नो एलटीई/४जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान व्याण्ड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो। सामसङद्वारा यसको परीक्षण गरिए पश्चात् आफ्ना उपकरणहरुमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो। यस लगाएतै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो।

सामसङले नेपालमा संचालनमा रहेका २ मुख्य सञ्चालक एनटीसी र एनसेलहरुको यी सबै व्याण्डहरु र फ्रिक्वेन्सीहरुको सञ्चालनमा साथ दिँदै आएको छ।

नेपालका टेलिकम कम्पनीहरुले ५जी नेटवर्क शुरु गर्ने दिशामा कार्य गरिरहेका छन् र देशमा संचालित सबै नेटवर्क संचालकहरुले यो प्रविधिको व्यवसायिकरण गरेसंगैं प्रयोगकर्ताहरुले आफ्नो ५जी को लागि तयार रहेको उपकरणहरुमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।

सामसङले सन् २०२१ देखि नै ५जीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरु उपलब्ध गराउँदै आइरहेको छ र देशमा ५जी प्रविधि भित्राउने सन्दर्भमा यी दुवै टेलिकम संचालकहरुसँग निरन्तर काम गर्दै आइरहेको छ।

कम्पनीले भर्खरै मात्र उनीहरुको अत्यन्त सुलभ मुल्यको ५जी स्मार्टफोन सामसङ ग्याक्सी एम १४५जी बजारमा उपलब्ध पनि गराइसकेको छ। सामसङले हालैमात्र ५जी को लागि तयार उपकरणहरु उपलब्ध गराउन पूर्णरुपमा तम्तयार रहेको र यी उपकरणहरुमा रहेको ५जी सुचारु गर्न नेटवर्क संचालकहरुले ५जी शुरुवात् गर्ने दिनको पर्खाइमा रहेको जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .