ad ad

कारोबार


नेपालका श्रम-गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

वैदेशिक रोजगारी सुरक्षित बनाउने र मानव तस्करी रोक्नेबारे छलफल हुने
नेपालका श्रम-गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

फाइल फाेटाे : प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
भदौ २५, २०८० सोमबार ६:५३, काठमाडौँ

श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। 

प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्। बैठक आगामी मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ।

यसप्रकारको बैठक प्रधानमन्त्रीको पहलमा देशमा पहिलोपटक हुँदै छ।  

प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपाय पहिचान गरी तिनलाई निर्णयमा बदल्ने काम बैठकले जनाइएको छ। 

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ।

बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .