ad ad

कारोबार


बीवाईडीको नयाँ विद्युतीय गाडी ‘डल्फिन’ सार्वजनिक

बीवाईडीको नयाँ विद्युतीय गाडी ‘डल्फिन’ सार्वजनिक

नेपालखबर
भदौ २५, २०८० सोमबार १५:४१, काठमाडौँ

बीवाईडीले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको छ। आधिकारिक बिक्रेता साइमेक्स इंकले हचब्याग सेगमेन्टमा बीवाडी डल्फिन सार्वजनिक गरेको हो।

विद्युतीय प्लेटफर्ममा निर्मित गाडीमा ब्लेड ब्याट्री रहेको छ। डल्फिन एक पटकको चार्जमा ३४० किमी रेञ्ज दिने कम्पनीको दाबी छ।

गाडीमा ७० किलोवाटको मोटर रहेको छ। यसले १८० एनएम टर्क जेनेरेट गर्छ। ४ वटा कलरमा गाडी उपलब्ध छ। गाडीको मूल्य ३९ लाख ८० हजार तोकिएको छ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले २०१७ देखि नै विद्युतीय गाडी ल्याई शुरूवात गरेको बताइन्। ई६ बाट नेपाली बजारमा उपस्थित बीवाईडीको अट्टो ३ पछिल्लो चर्चित ब्रान्ड हो।

नेपालमा हालसम्म ७०० बढी गाडी विक्री गरेको जनाएको छ। २० वटा फास्ट चार्जिङ स्टेसन बनाइ सकेको छ भने १५ वटा थप गर्दै छ।

बीवाईडीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले डोल्फिनले अट्टो ३ को जस्तै बजार लिने विश्वास गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .