ad ad

कारोबार


चन्द्र ढकाल भन्छन् : अर्थतन्त्र यो भन्दा बिग्रिने ठाउँ छैन, अब चलायमान हुन्छ

चन्द्र ढकाल भन्छन् : अर्थतन्त्र यो भन्दा बिग्रिने ठाउँ छैन, अब चलायमान हुन्छ

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १२:४६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन्। 

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलाको ‘आइएनआई सिनेमाज्’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

ढकालले अर्थतन्त्र यो भन्दा तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा लय समात्ने बताए।

उनले व्यवसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने पनि बताए।

कोरोना भाइरस महामारीपछि अर्थतन्त्र कमजोर बन्दै गएको बताउँदै उनले व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आममानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास जनाए। 

‘अहिले कोभिडपछि आर्थिक गतिविधि कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन हुँदा अर्थतन्त्र चलायमान हुने गरी तपाईंहरुले म्यासेज दिनुभएको छ, त्यसका लागि धन्यवाद!’, उनले भने, ‘अहिले कता कता मान्छेहरुलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसावले बढ्छ भन्ने सन्देश गएको छ। व्यवसायिक गतिविधि जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ।आउने दिन राम्रो हुनेछन्। यो भन्दा बिग्रिने अवस्था छैन। अब आउने दिन आर्थिक गतिविधि बढ्नेछ।’

अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर‍्‍यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने स्पष्ट सन्देश पनि दीपक र दीपाको कदमले दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .