ad ad

कारोबार


करिब २ अर्ब लागतको नयाँ भवनमा सर्‍यो नागरिक उड्ययन प्राधिकरण

करिब २ अर्ब लागतको नयाँ भवनमा सर्‍यो नागरिक उड्ययन प्राधिकरण

नागरिक उड्ययन प्राधिकरणको नयाँ कार्यालय। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १५:४४, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब २ अर्ब  लागतमा बनेको नयाँ भवनबाट काम सुरु गरेको छ। प्राधिकरणले सिनामंगलमा बनेको नयाँ भवनबाट पूर्णरुपमा काम थालेको हो। 

 उक्त भवनबाट सञ्चालन हुने प्राधिकरणको कार्यालयको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपरान्ह उद्घाटन गर्दैछन्। 

१२ तल्ले नयाँ भवन ८ वर्षअघि निर्माण सुरु भएको थियो। यो भवनको निर्माणकार्य चालु आर्थिक वर्षमा मात्रै सकिएको हो। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बबरमहल कार्यालयका सबै विभाग सिनामंगलमा स्थान्तरण भइसकेका छन्। 

१२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्नेछन्। भवनमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल स्कुटर पार्किङ गर्न सकिन्छ। यो भवनमा तीवनटा तलामा सवारी पार्किङको व्यवस्था गरिएको छ। 

वि.सं. २०७२ बाट निर्माण थालिएको यो भवनको काम बीचमा  रोकिएको थियो। तुण्डी-रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको थियो।

यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो। त्यहाँ प्राधिकरणको नयाँ भवनाका लागि १२ रोपनी जग्गमा प्रयोग गरिएको थियो।

प्राधिकरणले आफ्नै स्रोतमा बनाएको यो भवनका लागि करबाहेक १ अर्ब ८० करोड रुपैयाँ खर्च भएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .