ad ad

कारोबार


एनसेल १८ वर्ष पुग्यो, प्रयोगकर्ता १ करोड ६८ लाख नाघे, २६ हजारलाई रोजगारी

सामाजिक काममा पनि सक्रिय
एनसेल १८ वर्ष पुग्यो, प्रयोगकर्ता १ करोड ६८ लाख नाघे, २६ हजारलाई रोजगारी

नेपालखबर
भदौ ३१, २०८० आइतबार १५:२७, काठमाडौँ

निजी क्षेत्रको मोबाइल फोन सेवाप्रदायक एनसेलले सेवा सञ्चालनको १८ वर्ष पूरा गरेको छ।

सन् २००५ मा स्थापना भएको कम्पनीका प्रयोगकर्ता अहिले १ करोड ६८ लाख पुगेका छन्। 

एनसेलले नेपालको दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै सञ्चारका आवश्यकता पूरा गरेको दाबी गरेको छ। 

एनसेल एक्जियटाका  सीईओ जाब्बोर कायुमोभले नेपाल एक दशकमा सूचना प्रविधि क्षेत्रमा प्रगति गरेको बताए। 

सीईओ कायमुभले एनसेलको १८ वर्षमा नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बनेको बताए। 

‘एनसेल सधैँ नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिवद्ध छ,’ उनले भने, ‘सेवा र सुविधाहरुमा सहज पहुँच सुनिश्चित गराउने भिजन हुने छ।’

एनसेल एक्जियटाका  सीईओ जाब्बोर कायुमोभ

एनेसेलले २६ हजार प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। कम्पनीले नेपालको अर्थतन्त्र १.३ प्रतिशत योगदान गरेको छ। 

सातै प्रदेशमा १८ वटा प्रोजेक्ट सञ्चालन गर्ने एनसेलले जनाएको छ। राष्ट्रिय पाराओलम्पिक नेपालसँग सहकार्य गरी खेलाडीलाई सहयोग गरेको छ।

गैर नाफामुलक संस्थाहरुबाट आफ्नो समुदायलाई हिन गर्ने कुनै कामकोलागि प्रति परियोजना १० लाख रुपैयाँ प्रदान गर्ने छ।

एनसेलले सामाजिक परियोजनाहरुमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ। 

नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा 'आजभोलि सधैँसँगै' अन्तर्गत रही हामी तपाईंहरुकै लागि थिमको घोषणा गरेको छ।

थिम अन्तर गर्न एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यहरु गर्ने बताएको छ। 

एनसेलले राष्ट्रिय पाराओलम्पिक समिति नेपालसँग सहकार्य गरी राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने भएको छ। 

आफ्नो वार्षिक उत्सवको समयमा एभ्री कस्टमर इज अ विनर अफर सार्वजनिक गर्दै २८ दिनसम्म केही न केही सरप्राइज गिफ्ट प्राप्त गर्न सकिने भएको छ।

प्रत्येक हपता एनेसेलका १ हजार ग्रहाकले १०० ब्यालेन्स पाउने छ्न। अफरको अन्त्यमा साना भाग्यमानी ग्रहाकले ७ वटा स्कुटर पाउने छन्। 

एनसेलले आर्थिक वर्ष २०७८/०७९ सम्म कर र शुल्कबाट नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब रुपैयाँ तिरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .