ad ad

कारोबार


सरकारले फेर्‍यो अर्थसचिव, पोखरेलको ठाउँमा पुष्करलाई ल्याइयो

सरकारले फेर्‍यो अर्थसचिव, पोखरेलको ठाउँमा पुष्करलाई ल्याइयो

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार २२:१८, काठमाडौँ

सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेकाे छ। वर्तमान अर्थसचिव अर्जुनप्रसाद पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पाेखरेललाई भने संघीय मन्त्रालयमा लगिएकाे छ।

पुष्करले यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका निर्वाह गरिसकेका छन् । तर उनी प्रशासन पृष्ठभूमिका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .